के हुँदैछ चीन जोड्ने प्रशारणलाइन ?

काठमाडौं, फागुन १८ । चीनको महत्वकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभी अन्तरदेशीय प्रशारणलाईन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ ।

२०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो ।  सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत आद प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्वपूर्ण मानिएको छ ।

सोही अन्तरदेशीय प्रशारणलाइन आयोजना निर्माण मोडालिटीलाई अन्तिम रुप दिन नेपाल विद्युत प्राधिकरण सर्भेयर टोलीले अध्ययन सुरु गरेको हो । सम्भाव्यता अध्ययनअनुसार विभिन्न ३ वटा भौगोलिक क्षेत्रबाट प्रशारण लाइन निर्माण गर्न सकिने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *