चितवन, नवलपरासीमा होलीको रौनक

नवलपुर, फागुन १७ । होली नजिकिएसँगै बजार तथा पसलमा होलीका रंग, लोला, पिचकिरी र टिर्सटहरु प्रशस्तै देखिन्छ । नारायणगढ, भरतपुर रत्ननगर, चनौली, पर्सा खैरहनीलगायतका बजारमा होलीको रौनक देखिएको छ । चितवनमा दुई दिन मनाइने होली आज बिहीबार धुमधामले मनाएको देखिएको छ ।

पहाड र उपत्यकामा होली पर्व बिहीबार अर्थात शुक्रबार तराई क्षेत्रमा मानाइने भएता पनि होलीको रौनक नवलपरासीमा पनि छाएको छ ।

नवलपुरको पहाडी क्षेत्र हुप्सेकोट, बुलिङटार र बुँदीकाली गाउँपालिकामा होली मनाइँदै छ भने कावासोती, गैंडाकोट, देवचुली, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका केही भागमा शुक्रबार होली मनाइन्छ । यसैबीच नवलपरासीका विद्यालय तथा कलेजहरमा बिहीबार सद्भावको रुपमा विद्यार्थीबीच होली खेलिएको छ ।

होली पर्वलाई सभ्य रुपमा मनाउनको लागि जिल्ला प्रहरी कार्यालय परासीले होलीको अवसरमा जिल्लामा सुरक्षा ब्यवस्था बढाएको छ । होली पर्वमा विशेषगरी किशोरी, महिला तथा छोरीहरुलाई लक्षित गरी मनोमानी ढंगले रंग लगाउनु नै कानुनी कार्य रहेकोले सो कार्य आफ्नो जिल्लामा हुन नदिन यस्तो सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख मुकुन्दराज आचार्यले जानकारी दिएका छन् ।

नवलपरासीको भौगोलिक हिसाबले सिमावर्ती जिल्ला भएता पनि पर्वको मौका छोपी कुनै पनि प्रकारको अवैध कारोबार हुन नदिन पनि आफूले सोही अनुरुप जिल्लाको महेशपुर, भुजहवा, पक्लिहवा, झुलनीपुर, त्रिवेणीलगायतका सिमावर्ती क्षेत्रहरु मध्य आफ्नो हकमा पर्ने क्षेत्रहरुमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *