अस्पतालमा गर्भवतीको मृत्यु, आफन्तले  सुरु गरे आन्दोलन

राजविराज, फागुन १७ । सगरमाथा अञ्चल अस्पतालमा बुधवार एक गर्भवती महिलाको मृत्यु भएको छ । डाक्टरको लापरवाहिको कारण मृत्यु भएको भन्दै पीडितका आफन्तले राजविराजमा आन्दोलन सुरु गरेका छन् । जसले गर्दा राजविराजको अवस्था तनाव भएको छ ।

सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका १ पिप्राहिकी २५ वर्षीया अनिता यादवलाई २ दिनअघि डाक्टर दीलिप साहको सल्लाहअनुरुप अस्पताल भर्ना गरिएको थियो तर, व्यथा चर्किंदै गएपछि डाक्टरले वास्ता नगरेको मृतकका पति रमेश यादवले बताए  । उनलाई सुरुदेखि नै साहले चेकजाँच गर्दै आएका थिए ।

बुधबार राति १० बजेदेखि नै अनितालाई दुखाइ बढेपछि आफूले पटकपटक फोन गर्दासमेत डाक्टरले फोन नउठाएको मृतकका पति रमेश यादवले बताए । अस्पतालले सहयोग नगर्दा आफ्नी पत्नी र बच्चा दुवैको मृत्यु भएको उनको भनाइ छ । ‘डाक्टर नै नआएपछि बच्चाको टाउको बाहिर निस्केको अवस्थामा राति करिब १ बजे अनिता र बच्चा दुवैको मृत्यु भयो,’ उनले भने । तर, व्यथा चर्किंदै गएपछि डाक्टरले वास्ता नगरेको

बिरामीको मृत्यु भइसकेपछि राति २ बजे आइपुगेका डाक्टर साह तक्कालै भागेको उनले आरोप लगाएका छन्। मृतकका ४ वर्षीय छोरा आकाश र २ वर्षीया छोरी सरस्वती छन् ।

अस्पतालमा भएको घटनाको वास्तविकता पत्ता लगाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवको संयोजकत्वमा ११ सदस्यिय छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *