संसारकै सबैभन्दा अग्ला पुरुष र सबैभन्दा होची महिला !

एजेन्सी । संसारकै सबैभन्दा अग्ला पुरुष र सबैभन्दा होची महिला इजिप्टमा एक फोटोसुटका लागि भेट भएका छन्। सबैभन्दा अग्ला पुरुष टर्कीका सुल्तान कोसेन हुन्।

३५ वर्षीय कोसेन ८ फिट १ इञ्च अग्ला छन्। उता भारतकी २४ वर्षीया ज्योति अम्गे पनि संसारकै होची महिला हुन्। उनी मात्र दुई फिट अग्ली छिन्। उनले केही फिल्म र टेलिभिजन शोमा अभियनय पनि गर्छिन्। दुवैले गिनिजमा सन् २०११ मा नाम लेखाएका हुन्।

उनीहरु गत शुक्रबार नाइल नदीको पश्चिमी किनारको गिजा सिटीमा भेट भएका हुन्। पिरामिडअगाडि उनीहरुको फोटोसुट भएको थियो।

इजिप्टको पर्यटन प्रवर्द्धनका लागि उनीहरुले सो देशको भ्रमण गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *