श्रीदेवीका पति बोनीले गरे यस्तो भावुक ट्वीट

बलिउड अभिनेत्री श्रीदेवीको असामयिक मृत्युपछि उनका पति बोनी कपूरले पहिलोपटक आफ्नो भावना सार्वजनिक गरेका छन् । उनले श्रीदेवीको ट्वीटर एकाउन्टमा एक लामो चिठि लेखेका छन् । जसमा उनले बताएका छन् कि उनका लागि श्रीदेवीको महत्व के थियो ।

बोनी कपूर लेख्छन्, एक साथी, पत्नी र दुई छोरीकी आमालाई गुमाउनुको पीडालाई शव्दमा वयान गर्न सकिँदैन ।’

म आफ्ना साथी, परिवार, सहयोगी शुभचिन्तक तथा फ्यान्सहरुलाई आभार दिन चाहन्छु जसले यो अवस्थामा मेरो साथ दिए । म भाग्यशाली हु किनकी मलाई अर्जुन तथा अंशुलाको साथ मिल्यो । उनीहरु खम्बाको रुपमा मेरो शक्ति बने ।

विश्वका लागि उनी चन्द्रमा थिइन् । कमालकी अभिनेत्री थिइन् । उनीहरुकोलागि श्रीदेवी थिइन् तर मेरो लागि उनी मेरो प्यार थिइन् । उनी मेरो जिन्दगी थिइन् । उनी घरको धुरी थिइन् जसको आसपास हाम्रो परिवार चल्थ्यो ।

यतिखेर मेरो चिन्ता यो छ कि मेरा दुई छोरीको हिफाजत कसरी हुन्छ । अब श्रीका विना उनीहरुले आफ्नो भविष्य कसरी जिउँछन् । उनी हाम्रो जीवन, शक्ति र मुस्कानको कारण थिइन् ।

बुधबार मुम्बइको विले पार्ले सेवा समाज श्मशानमा श्रीदेवीको अन्तिम संस्कार गरिएको थियो । पति बोनी कपूरले श्रीदेवीको पार्थिव शरीरमा दागवत्ती दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *