मन्त्रालयको भागबण्डा नमिलेपछि फोरमसँगको वार्ता असफल

काठमाडौं, फागुन १७ । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन एमाले र माओवादीले गरेको प्रयास मन्त्रालयको भागबण्डा नमिल्दा असफल भउको छ । बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेपछि वार्ता विना निष्कर्ष टुंगिएको छ ।

फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’, वार्तामा सहभागी एक नेताले भने ।

संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेताहरु राजेन्द्र श्रेष्ठ, रामसहाय यादवको उपस्थिति रहेको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *