हराएकी महिलाको शव भेटियो

पाल्पा, फागुन १७ । पाल्पा जिल्ला तानसेन–७ चुच्चेबारीमा महिलाको शव भेटिएको छ ।

शव पाल्पा जिल्ला तानसेन नगरपालिका–८ गैरा भन्ने स्थानकी ३८ वर्षीया शान्ति हिताङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यही फागुन १४ गतेदेखि हराएकी हिताङ्ग बुधबार स्थानीय खोलाको पानीमा डुबेको अवस्थामा भेटिएको प्रनाउ घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *