आज होली पर्व धुमधामका साथ मनाईदै , यस्ता छन् होली बिशेष गीतहरु

काठमाडौं, फागुन १७ ।

‘होलीले, मेरो रंगायो नयाँ चोली

जोगिरा सररर’

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।  होली बिशेष केही चर्चित गीतहरु यस्ता छन्

‘होलीले, मेरो रंगायो नयाँ चोली’ नेपाली चलचित्र अधिकारमा रहेको यो गीतपनि होली पर्वको बिशेष गीत मानीन्छ । गीत यस्ताे छ

https://www.youtube.com/watch?v=h19p9JoshzI

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि पूर्णिमासम्म मिथिलामा फागुको चहलपहल सुरु हुन्छ। एकअर्कामा रङ र अबिर लगाउने माहोल बन्दै जान्छ। सरस्वती पूजाको समाप्तिपछि महिना दिनपछि आउने फागुवाको तयारीमा गाउँगाउँमा सुरिलो भाकामा जोगिरा सरररको तालमा मानिसहरू जुट्थे। यो अवस्था केही वर्ष पहिलासम्म थियो मिथिलाञ्चलमा तर, अहिले आधुनिक गीतले जोगिरा सरररलाई पाखा लगाइदिएको छ। यस्ताे छ जाेगीरा सररररर

पहिले पहिले होली आउनुभन्दा पहिलेदेखि नै ग्रामीण क्षेत्रमा ढोलक, मृदंग र डम्फुको खोजी गरिन्थ्यो, सोधिखोजी हुन्थ्यो। कुनै वर्ष मुसाले बदमासी गरेर जोगिरा गाउने बाजामा दुलो पारेर कामै नलाग्ने बनाउथ्यो अनि चन्दा संकलन गरेर त्यसको मर्मत गरिन्थयो।

यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोशाकमा सजिएर स–परिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ ।

इटलीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।

यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।

रातो, रातो हरियो बोलको यो गीतपनि निकै रमाईलो मानीएको गीत हो ।

https://www.youtube.com/watch?v=YsaretH8J6A

यस्ता छन् सधै चर्चामा रहने होली बिशेष गीत

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *