मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सात बर्षमा हराए ३१ हजार पासपोर्ट

काठमाडौं, फागुन १७ । मेसिनले पढ्ने पासपोर्ट (एमआरपी) जारी भएयता सात वर्षको अवधिमा २ लाख ३१ हजार २२७ पासपोर्ट हराएका छन् । यो तथ्यांक सरकारी रेकर्डमा आएको मात्र हो । हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुन सक्छ ।

हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकुन् भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’लाई गराएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने,

-सन् २०११ देखि २०१८ को जनवरीसम्म २ लाख ३१ हजार २२७ जनाले आफ्नो पासपोर्ट हराएको भन्दै नयाँ पासपोर्ट लिएका छन् ।

-हराएका पासपोर्टमा पुराना हस्तलिखित र नयाँ मेसिनले पढ्नसक्ने दुवै छन् ।

प्रतिकृयाहरु
Loading...