नेपाली कामदार पुष्पराज देवकोटाले हराएको ९ हजार रियाल सहित अन्य महत्वपुर्ण कागजपत्र भएको पर्स फिर्ता गरि नेपालीको इमानदारीता झल्काएका छन ।
देवकोटाले आफ्नै कम्पनीको इन्जिनिएर अहमद अब्देल सदोरको उक्त पर्स पार्किङ्ग एरियामा भेटाएका थिए, जँहा ५ सय कामदारको ओहोर दोहोर हुने गर्दछ । जेफर्सन इन्टरनेसनल ट्रेडिङ्ग एन्ड कन्ट्रेक्टिङ्ग कम्पनीमा विगत २०१२ देखि सेक्युरिटी अफिसर पेशामा कार्यरत देवकोटालाई कम्पनीको एचआर विभागले ट्रफी तथा कदरपत्रले सम्मान गरेको छ ।










