सदाचार र समृद्धिका लागि कुनै कसर बाँकी राखिन्न : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता रहेको औँल्याए ।

उनले देश विकास नै अबको लक्ष्य र उद्देश्य भएको प्रष्ट्याए । उनले भने, ‘सदाचार उपदेश दिने मात्र विषय मात्र होइन, अपनाउने विषय हो । सरकारले सदाचार अपनाउँछ र सदाचारभन्दा बाहिर अरुलाई पनि जान दिँदैन ।’

नेपाल सगरमाथा, गौतम बुद्धको देश भएको चर्चा गर्दै उनले सदाचार र सुशासन आफ्नो लक्ष्य भएको प्रष्ट्याए । उनले दक्षता, सीपसहितको राष्ट्रिय एकता पनि मुलुकको समृद्धिको आधार भएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले भावी पुस्ताका लागि योगदान दिनेगरी युवा पुस्तालाई शिशित, स्वस्थ र सक्षम बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत रहेको बताए । उनले भने, ‘जनताको समृद्धिको लागि सरकारले कुनै सम्झौता गर्दैन ।’ उनले देश सम्बृद्ध बनाउने कुरामा भाषण मात्रै नगरी काम गरेर देखाउने पनि विश्वास दिलाए ।
‘सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत छ यसमा सरकारले कुनै सम्झौता गर्दैन’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *