कुखुरापालन तालिम सकियो
२०७४ जेठ १५ गते

“गैंडाकोट, फागुन १६ । असल पोषण कार्यक्रम अन्तर्गतका स्थानीय व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन गरिएको कुखुरापालन तालिम मंगलबार सकिएको छ । गैँडाकोटमा फागुन ६ देखि १५ गतेसम्म सञ्चालित सुआहारा कार्यक्रमको तालिममा १३ जिल्लाबाट २१ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमले नेपालका सुदुरपूर्व र सुदुर पश्चिमका जिल्लाहरुका विपन्न समुदायलाई समेटेको थियो । तालिमको सहजीकरण डाक्टरहरु क्रमशः जगदिश पाण्डेय, अजित झा र अन्जय शाहले गरेका थिए ।
विजय विकास स्रोत केन्द्र, गैंडाकोटका अध्यक्ष हरिलाल सापकोटको अध्यक्षतामा समापन गरिएको औपचारिक कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय, नवपरासीका वरिष्ठ पशु विकास अधिकृत शिवप्रकाश आचार्य, संस्थाका कार्यकारी निर्देशक प्रेमकृष्ण मानन्धरको आतिथ्यता रहेको थियो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








