‘एक्सपर्ट कालिका क्वीज’ प्रतियोगिता सुरू

भरतपुर, फागुन १६ । ‘एक्सपर्ट कालिका क्वीज’ प्रतियोगिताको चौथो संस्करण सुरु भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढको सहकार्यमा कालिका एफएम र टिभी कालिकाको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

मंगलबार भएको पहिलो दिनको प्रतिस्पर्धाबाट नारायणी नमुना माध्यमिक विद्यालय र स्काइराइडर स्कूल रत्ननगर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको उद्घाटनमा नारायणी नमुना माविले बालकुमारी कलेज नारायणगढ र नेपाल पोलिटेक्निक कलेजलाई पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

यस्तै पहिलो दिनकै दोस्रो चरणको प्रतिस्पर्धाबाट स्काइराइडर आमावि रत्ननगरले गुरुकुल कलेज र वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरलाई पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

विद्यार्थीहरुको वौद्धिक क्षमतालाई वृद्धि गर्नको लागि विगत ४ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको एक्सर्पट कालिका क्वीजमा चितवन र नवलपरासीका ४ दर्जन कलेज तथा स्कूलहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको जिल्ला शिक्षा अधिकारी मनोज गैरैले उद्घाटन गरेका थिए । उनले विद्यार्थीहरुलाई देशको नयाँ संरचना कस्तो छ भन्ने समेत राम्ररी थाहा नभएकाले हाजिरीजवाफको प्रश्नहरु पनि सोही बमोजिम  तयार गरिदिन आग्रह गरे ।

कार्यक्रममा एफएमका स्टेशन म्यानेजर ओम प्रकाश आचार्यले कालिकाले शिक्षा क्षेत्रको विकासको लागि विभिन्न समयमा विभिन्न खाले गतिविधिहरु गर्दै आइरहेको बताए । टिभी कालिकाका स्टेशन म्यानेजर राजकुमार लामिछानेले स्वागत मन्तव्य दिए ।

कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, गुरुकुल कलेजका नवीन भण्डारी, स्काई राइडर स्कूलका प्राचार्य मदन पुरी, एकदेव अधिकारी, ईक्यान चितवन अध्यक्ष भानुभक्त खरेल, बेस चितवनका अध्यक्ष लक्ष्मी चालिसे, इन्जिनियर एशोसियसन चितवनका अध्यक्ष हरि भण्डारी, प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारी, पोखरा विश्वविद्यालयका सभासद बाबुराम उपाध्ययलगायतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *