करेन्ट चाउचाउमा साइकल उपहार

रत्ननगर, फागुन १६ । करेन्ट चाउचाउ खरिद गर्दा रत्ननगरका दुई जनालाई साइकल उपहार परेको छ । उपहार पर्नेमा रत्ननगर २ सिनेमा रोड निवासी नेपाल माविमा पढ्ने राहुलकुमार गुप्ता र मैनाली किराना स्टोर्सका प्रोपाइटर शिवप्रसाद मैनाली रहेका छन् ।

यशोदा फुड्स प्रालि एवम् करेन्ट चाउचाउका एरिया सेल्स मेनेजर पुष्पराज अधिकारी, सूर्यकान्त साखी, भीमप्रसाद दाहाल र संगम ट्रेडसका सञ्चालक सूर्य रेग्मीको समूहले मंगलबार गुप्ता र मैनालीलाई ७ हजार बराबरको साइकल प्रदान गरेको थियो ।

पूर्वी चितवनको करेन्ट चाउचाउका आधिकारिक विक्रेता संगम ट्रेडर्सका सञ्चालक रेग्मीले करेन्ट चाउचाउमा साइकल, क्रिकेट व्याट, फुटबल, बास्केटबल, घडी र नगद रुपैयाँसमेत उपहारमा राखिएको बताए ।

रुपन्देहीको बुटवलबाट यशोदा फुड्स प्रालिले ५ महिना अघिदेखि करेन्ट चाउचाउको उत्पादन सुरू गरी देशका विभिन्न भागमा पुर्याइरहेको छ । यस कम्पनीले लाली, जुप्पी, गोलु, ओप्पोलगायत विभिन्न ब्राण्डका उत्पादनहरु बजारमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *