दाङमा रंगशालाका लागि ३४ करोड विनियोजन

दाङ, फागुन १६ । दाङको बेल्झुण्डीमा राष्ट्रिय खेलकुद परिषद्ले रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकासको लागि उक्त बजेट विनियोजन गरिएको हो, जुन हालसम्मकै धेरै रहेको छ ।

तुलसीपुर–१९ बेलझुण्डीस्थित खेलकुद विकास समितिको कार्यालय परिसरमा रंगशाला निर्माण गरिने समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बताए । जिल्ला खेलकुद विकास समितिको सक्रियातामा गुरुयोजना निर्माण गरिएसँगै पूर्वाधार निर्माणका लागि उक्त रकम खर्च गरिनेछ ।

जिल्लामा खेलकुद पूर्वाधारको अभावले गर्दा राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन गरेको उक्त रकमले जिल्लामा भौतिक पूर्वाधारमा सघाउने विश्वास खेलाडीले राखेका छन् ।

खेलकुद परिषद्ले रंगशाला निर्माणका लागि टेण्डरसमेत आह्वान गरेको छ । खेलकुद विकास समितिले केही दिनमा नै रंगशालाको शिलान्यास गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *