‘एमाले र माओवादी’ पार्टी एकताका विषयमा आन्तरिक छलफल 

काठमाडौं, फागुन १६ । एमाले र माओवादीले पार्टी एकीकरणा विषयमा कार्यदल तहमा छलफल सुरु गरेका छन् । पार्टी एकतापछि बन्ने अन्तरिम बिधानको प्रारम्भिक मस्यौदा तयार गर्न हिजो उपसमिति गठन भएको छ । पार्टी एकीकरणपछि बन्ने पार्टीको अन्तरिम विधान र संगठनात्मक एकता सम्बन्धी बिधि तयार पार्न गठिन कार्यदलले प्रारम्भिक मस्यौदा बनाउन उपसमिति गठन गरेको हो ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको कार्यदलको बैठकले यही २२ गते भित्र प्रारम्भिक मस्यौदा पेश गर्न २-२ सदस्यीय कार्यदल गठन गरेको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो । कार्यदल सदस्य विष्टका अनुसार अन्तरिम बिधानको प्रारम्भिक खाका मस्यौदा गर्न माओवादीका वर्षमान पुन र एमालेका बेदुराम भुसाल रहेको उपसमिति गठन भएको छ ।

जनसंगठन, भातृ संगठन, सामुदायिक संगठन, पेशागत संगठन र बिभिन्न प्रतिष्ठानहरुको एकीककरण बिधि र नीति तय गर्न अर्को कार्यदल बनेको छ । दुवै उपसमितिले २२ गतेको बैठकमा प्रारम्भिक रिपोर्ट पेश गरेपछि कार्यदलले थप छलफल गरेर फागुन २५ भित्र अन्तरिम बिधान र संगठनात्मक एकीकरणको बिधि पार्टी एकता संयोजन समिति समक्ष पेश गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *