कलिला काँधमा इँटाको भारी

काठमाडौं, फागुन १६ ।  पढ्ने उमेरका बालबालिका विद्यालय जान छाडेर जोखिमपूर्ण श्रममा होमिएका छन् । नेपालगन्जमा सञ्चालित अधिकांश इँटा उद्योगमा बालबालिकालाई काममा लगाइएको छ । ८ देखि १५ वर्षसम्मका बाल मजदुरमध्ये केही भारतीय छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले बालश्रममुक्त क्षेत्र घोषणाका लागि गरेको अनुगमनमा इँटा उद्योगमा बालमजदुरी देखिएको हो । बिहान ५ देखि साँझ ८ बजेसम्म काम लगाइने बालबालिकालाई मासिक ३ हजारदेखि १० हजार रुपैयाँसम्म पारिश्रमिक दिइने गरेको छ।

नेपालगन्ज १३ मा रहेको अमन इँटा उद्योगमा २० बाल मजदुर छन् । तीमध्ये अधिकांश भारतीय हुन् । उनीहरू आमाबुबासँगै आएका हुन् ।

उदयपुरस्थित इँटा उद्योगमा पनि थुप्रै बाल मजदुर रहेको अनुगमनकर्ताले बताएका छन् । १२ घण्टाभन्दा बढी समय काममा खटाइएकाले बालबालिकाको शारीरिक अवस्था कमजोर रहेको उनीहरुले जनाए। जिल्लाभरि सञ्चालित इँटा उद्योगमा बाल मजदुर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *