एमालेमा डेढ दर्जनभन्दा बढी मन्त्री बन्ने दौडमा
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन १६ । एमाले स्थायी कमिटी बैठकले सरकारमा जाने मन्त्रीको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । तर, अहिलेसम्म टुंगो लागेको छैन । मन्त्रीको विषयमा नेता माधव नेपालसँग ओलीले छलफल गर्दै आएका छन् ।
एमालेबाट अब बढीमा ६ जना मन्त्री बन्न सक्छन् । फोरमलाई एक दिए पाँचजना मात्रै मन्त्री बन्नेछन् । तर, आकांक्षी धेरै हुनाले एमालेलाई मन्त्रीको नाम टुंगो लगाउन सकस भएकाे छ।
प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट र छविलाल विश्वकर्मा प्रमुख दाबेदार देखिन्छन् । यसैगरी, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, वसन्त नेम्वाङ, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, शेरबहादुर तामाङ, गोकुुल बाँस्कोटा, जगत विश्वकर्मा, प्रेम आले, नारदमुनि राना, राजेन्द्र गौतमलगायत डेढ दर्जनभन्दा बढी मन्त्रीको दौडमा छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








