नेपालले लियो तीन विकेट

काठमाडौं, फागुन १५ । आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले तेस्रो विकेट गुमाएको छ ।

नेपालका लागि ललितनारायण राजवंशीले तेस्रो विकेट लिएका हुन् । यसअघि कप्तान पारस खड्काले दोस्रो विकेट लिए । युएईले पहिलो विकेटको रुपमा कप्तान रोहन मुस्ताफालाई गुमायो । नेपालका लागि ललित भण्डारीले मुस्ताफालाई ४ रनमा आउट गराए ।

तेस्रो विकेटको रुपमा युएईका रमिज शाहजाद शुन्य रनमा आउट भए । यसअघि दोस्रो विकेटको रुपमा कप्तान पारस खड्काले घुलाम सब्बरलाई ३२ रनमा आउट गराएका थिए ।

त्यस्तै, नेपालका लागि ललित भण्डारीले पहिलो विकेट दिलाएका थिए । युएईका कप्तान रोहन मुस्ताफा ४ रनमा आउट भएका थिए ।

वर्षाबाट प्रभावित खेल २९ ओभरमा छोट्याइएको छ ।

नेपाल र युएईबीचको अभ्यास खेल भिजेको ओसिलो मैदानका कारण समयमा शुरु हुन सकेन ।  वर्षा नभए पनि यसअघिको वर्षाका कारण जिम्बावेको क्वेक्वे मैदान भिजेकाले खेल समयमै शुरु हुन नसकेको हो । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेबाट शुरु हुनुपर्ने थियो । तर भिजेको मैदानका कारण खेल ढिलो गरी शुरु भयो ।

आगामी मार्च ४ तारिखदेखि शुरु हुने प्रतियोगिताअघिको वार्मअप खेलमा नेपालले युएईको सामना गर्न लागेको हो । नेपाल र युएई दुवै आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको शीर्ष २ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउन सफल भएका हुन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा बाँडिएको छ । युएई समूह ए र नेपाल समूह बीमा परेका छन् ।

समूहका हरेक टोलीसँग १(१ खेल खेलिसकेपछि शीर्ष ३ टीमले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्सको प्लेअफ चरण पार गर्दै फाइनलमा पुग्ने २ टोलीले आगामी सन २०१९ मा हुने विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।

यस्तै वेस्ट इण्डिज, जिम्बावे, अफगानिस्तान, आयरल्याण्ड र नेदरल्याण्डसँग एक दिवसीय मान्यता रहेकाले यसबाहेकका थप शीर्ष ३ टोलीले ४ वर्षका लागि एकदिवसीय मान्यता पाउने छन् ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक जिम्बावेसँग ४ तारिखमा खेल्नेछ । नेपाल रहेको समूहमा जिम्बावेसहित अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *