सानिमा बैंकका सात नयाँ शाखाहरु

काठमाडौँ, फागुन १५ । सानिमा बैंक लिमिटेडले सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । जसमा डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज,इलामको माई र इलाम बजार रहेका छन् ।

अमरगढी र टिकापुर शाखा कार्यालयको उद्घाटन बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरत बहादुर थापाले संयुक्त रूपमा गरेका थिए । तान्सेन शाखा कार्यालय उद्घाटन ब्राण्ड प्रवद्र्धक मदन कृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह जोडी) तथा संचालक भरत बहादुर थापाले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन समारोहमा सानिमा बैंकका संचालक भरत बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । साथै, ग्राहक तथा सम्पुर्ण सरोकार वालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागी कृतज्ञता व्यक्तगर्दै थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा मह जोडीले नेपालको विभिन्न स्थानहरुमा थप शाखा संचालनमा आएकोमा सम्पूर्ण स्थानियवासीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनिविश्वशनीय बैंकको रुपमा निरन्तर बिस्तार हुन शुभकामना व्यक्त गरे ।

सानिमा बैंकको हाल ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *