‘राष्ट्रपति को बन्छ ? टुँगो लागेको छैन’

काठमाडौं, फागुन १५ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे कुनै टुँगो लागि नसकेको बताएका छन् ।

मंगलबार रिापोटर्स क्लवमा भएको साक्षात्कार कार्यक्रमा रावलले भने,‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुँगो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुँगो लाग्न बाँकी छ ।’

रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लगाउने र चैत्रको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्ने स्पष्ट पारेका छन् ।

‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुँगो लगाउँछौं, त्यसपछि एकता बृहत्त रुपमा घोषणा गर्छौं, सम्भवतः एकता चैत्रको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ, हामी त्यही अनुसार तिव्र तयारीमा जुटेका छौं ।’

रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने पनि विश्वास दिलाए । आउने आईतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने उनको भनाई थियो । उनले भने,‘हाम्रो चाहना भनेको अध्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ,, त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं, तर उहाँ नभए सरकार विस्तार हुँदैन भन्ने कुरा होईन, उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं।’

उनले अर्थमन्त्रीमा नियुक्त भएका डा। युवराज खतिवडा अर्थतन्त्रसम्बन्धीका ज्ञाता भएकोले समृद्धि हाँसिल गर्ने वर्तमान सरकारको उद्देश्यमा टेवा पुग्ने विश्वास दिलाए । उनले भने,‘एमालेमा अरु योग्य नेताहरु नै नभएर उहाँलाई नियुक्त गरेको भने होईन, अरु नेताहरुले पनि विगतमा अर्थमन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *