पपुवा न्युगिनीको भूकम्पमा परी ३१ को मृत्यु

जाकार्ता, फागुन १५ । पपुवा न्युगिनीमा सोमबार आएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ३१ जनाको मृत्यु भएको छ ।

सो भूकम्प स्थानीय समय अनुसार सोमबार बिहान १ः४४ मा गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ ।

भूकम्प शक्तिशाली रहेकोले ठूलो क्षति भएको अनुमान गरिएको थियो । सो भूकम्पबाट मङ्गलबार विनहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धारअधिकारीहरुले जनाएका छन् ।

भूकम्पको विस्तृत विवरण भने अझै प्राप्त भएको छैन । भूकम्पबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार स्थानीय अधिकारीहरुले दिएका छन् ।
तर त्यसमा भौतिक सम्पत्तीमा भएको क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको स्नाथीय समाचारपत्रले जानकारी दिएको छ ।

भूकम्पबाट मेन्दी सहरका १३ र कुटुबु र बोसेभ सरहमा १८ जनाको बढीको मृत्यु भएको जनाइएको छ । उद्धारकर्मीहरुले यो भन्दा बढी मानिस मारिएको अनुमान गरेका छन् ।

रासस ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *