आकांक्षी बढेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले तत्काल पूर्णता पाउनमा समस्या

काठमाडौं, फागुन १५ । सत्ता सहयात्री दलहरुभित्र मन्त्री बन्ने आकांक्षी बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तत्काल पूर्णता नपाउने भएको छ । दोस्रो पटक हिजो एमाले र माओवादी केन्द्रबाट २–२ जना मन्त्री थप भएपनि बाँकी ११ मन्त्रालय अझै मन्त्रीबिहिन छन् ।

दुई दलबीच एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति भएपनि अन्तिम समयमा संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने भएपछि भागबण्डामा केही परिवर्तन हुने भएको हो ।

सत्तारुढ दलहरुले फोरमका कारण सरकार बिस्तारमा ढिलाई भएको बताएपनि आफ्नै पार्टीकालाई व्यवस्थापन गर्न नसक्दा समस्या भएको नेताहरुले बताएका छन् । माओवादी केन्द्र श्रोतले व्याङग्यात्मक शैलीमा भन्यो, ‘फोरमलाई कारण मानिएपनि मुख्य समस्या दुई पार्टीमै छ, पार्टी बैठकबाट एउटा मन्त्रीको नाम तय हुन्छ, राष्ट्रपतिकोमा पुगेपछि अर्कैले सपथ खान्छ ।’

फोरम सरकारमा आउने भनिएपनि राजनीतिक सहमति हुन नसकेपछि उसको पनि अन्यौल देखिएको छ । संविधान संशोधनमा उधारो सहमति गरेर जान नहुने भन्दै फोरम अध्यक्ष उपेन्द्र यादवलाई उनकै दल र राजपाबाट तीब्र दबाव परेको छ ।

आफ्नो भागमा परेका मन्त्रालयमा माओवादीभित्र झण्डै डेढ दर्जन आकांक्षी देखिएका छन् । एमालेभित्र पनि दुई दर्जनबढी आकांक्षी देखिएका छन् । बाम गठबन्धनले केन्द्रमा १८ सदस्यीय मन्त्रीमण्डल बनाउने सहमती गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *