आज ‘स्वास्थ्य सेवा दिवस’ विभिन्न कार्यक्रम गरेर मनाइदै 

काठमाडौं, फागुन १५ । स्वास्थ्य मन्त्रालयले आज विभिन्न कार्यक्रमकासाथ स्वास्थ्य सेवा दिवस मनाउँदैछ ।

‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवम् दिगो विकासको आधार’ भन्ने नाराका स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । यस्तो दिवस छ वर्षदेखि हरेक फागुन १५ गते मनाउन थालिएको हो ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले यो दिवस हरेक प्रदेश तथा जिल्लाहरूमा मनाउन लागिएको जानकारी दिनुभयो । सचिव चौधरीले दिवस मनाउन रहेक तहमा छुट्टै समितिहरू गठन गरिएको जानकारी दिँदै केन्द्रमा भने मुख्य सचिवको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको बताउनुभयो । बिहान योगा, प्रभातफेरी कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *