सरकारमा सहभागी हुने विषयमा फोरममा आज पनि छलफल हुँदै

काठमाडौं, फागुन १५ । सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरममा आज पनि छलफल हुँदै छ ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित सोमबारको छलफलमा अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको सर्तमा सरकारमा सहभागी हुने बताउनुभएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभएको थियो ।

ओलीको यो भनाइपछि अध्यक्ष यादव सरकारमा सहभागी हुन इच्छुक भए पनि फोरम भित्र सरकारमा सहभागी हुने विषयमा मतभेद छ । त्यो मतभेद अन्त्यका लागि फोरमका नेताहरुबिच नै छलफल हुन लागेको हो ।

विगतमा पनि एमाले अध्यक्ष ओलीले संविधान संशोधन गर्छु भन्दै आएको तर संविधान संशोधनका विषयमा कुरा नमिलेको कारण यसपटक संविधान संशेधनका विषयमा पनि सहमति गरेर सरकारमा जानु पर्नेमा अधिकांश नेता सहमत रहेका फोरमका नेता राजेन्द्र श्रेष्ठले  जानकारी दिनुभयो । आफूहरुले सरकारमा सहभागी हुने मन्त्रीको संख्या भन्दा पनि राजतीतिक मुद्दालाई केन्द्रमा राखेर छलफल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुने विषयमा फोरमभित्र सहमति बनेमा आजै प्रधानमन्त्री ओलीसँग मन्त्रालयका बारेमा छलफल हुने छ । प्रधानमन्त्री तथा एमालेसँग पनि छलफलको संभावना रहेको तर समय एकीन नभएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

ओलीले फोरम अध्यक्ष उपेन्द्र यादव नै सरकारमा सहभागी भएमा परराष्ट्र मन्त्रालय दिने तयारी गर्नुभएको छ । फोरम पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको भागबण्डा मिलाउनु पर्ने भन्दा ओलीले सोमबार ४ जना मन्त्री मात्र नियुक्त गर्नुभएको छ । फोरमलाई पनि समावेश गरेर सरकारलाई पूर्णता दिने प्रधानमन्त्री ओलीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *