सर्वोच्चले शपथ नगराउन भनेका व्यक्ति कसरी अर्थमन्त्री ?

काठमाडौं, फागुन १४ । नेपाल तरुण दलले डा. युवराज खतिवडा अर्थमन्त्री भएकोमा आपत्ति जनाएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले सर्वोच्चले शपथ नगराउन भनेका व्यक्ति कसरी अर्थमन्त्री नियुक्त गरिए भन्दै प्रश्न सोधेको छ ।

तरुण दलले सोमबार विज्ञप्ति निकालेर सर्वोच्च अदालतले शपथ नगराउन आदेश दिएको ब्यक्तिलाइ नै अर्थमन्त्री बनाएर वाम गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको आरोप लगाएको छ ।

सांसद नै नभएको व्यक्तिलाई मन्त्री बनाएर गठबन्धनले जनमतको उपहास र लोकतन्त्रकै उपहास गरेको पनि तरुण दलको दावी छ । तरुण दलले सरकारको यस्तो अलोकतान्त्रिक र अनैतिक निर्णयको भत्र्सना गर्दै सत्ताको मातमा नभुली संविधानको पालना, लोकतान्त्रिक विधि र प्रक्रिया तथा नैतिक मुल्यलाई ख्याल गरेर मात्रै काम गर्न सचेत पनि गराएको छ ।

तर संविधानमा संसद सदस्य नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री बनाउन सक्ने तर त्यस्तोे व्यक्ति मन्त्री भएको ६ महिनाभित्र संघीय संसदको सदस्य हुनु पर्ने व्यवस्था छ । सर्वोच्चले खतिवडालाई राष्ट्रियसभाको सदस्य बन्न रोक लगाएमा पनि खतिवडाले संविधान अनुसार ६ महिना मन्त्री बन्न पाउनेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *