विमानभित्र पावर बैंक विस्फोट हुँदा आगलागी

काठमाडौं, १४ फागुन । चीनमा एउटा ठूलो विमान झण्डै दुर्घटना भएको छ । एक यात्रीको झोलामा भएको पावर बैंक अचानक पड्किएर आगो लाग्दा विमानमा हंगामा भयो ।

तर एयरहोस्टेसले दिमाग लगाएर आगोमा नियन्त्रण कायम गरिन् । दुर्घटनामा कुनै हताहती भएन ।

घटनापछि यात्रीहरूलाई अर्को विमानमा पठाइयो जसकारण विमान निश्चित समयभन्दा चार घण्टापछि उड्यो ।

विमानमा भएका एक यात्रीले यो सबै घटना भिडियोमा कैद गरे ।

चीनको दक्षिणी प्रान्तबाट शांघाईका लागि उडान भर्ने क्रममा यो दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धानअनुसार आगो लाग्दाखेरी डिभाइसको उपयोग गरिएको थिएन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *