दलित जनप्रतिनिधिहरु सशक्तिकरण बजेटमा जुटे

बनेपा, २५ असार । काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित गाउँपालिका तथा नगरपालिकाका लागि निर्वाचित दलित प्रतिनिधि दलित समुदायको सशक्तिकरणका लागि बजेट बनाउने तयारीमा छन् ।

ती प्रतिनिधिले योजना तर्जुमा र आवश्यकता पहिचान गरी बजेट माग गर्ने बताएका छन् ।
बनेपा नगरपालिकामा दलित तथा अल्पसङ्ख्यक क्षेत्रबाट निर्वाचित हुनुभएका तेजबहादुर दमैले दलित सुमदायको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि दलित परिषद् गठन गर्ने तयारी भएको जानकारी दिँदै विभिन्न दलित लक्षित कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले भनेँ – “विभिन्न प्रकारका उत्पीडनबाटमाथि उकास्दै दलित समुदायको पछौटेपन अन्त्य गरिने छ ।” चेतनाको अभावले पछि परेको दलित समुदायलाई नेतृत्व विकास, सीप विकास र आयआर्जनका मूलप्रवाहमा समाहित गरिनेमा जोड दिंदै दमैले बहुमतका हिसाबले आफूहरु अल्पमतमा परेपनि समतामूलक समाज स्थापनाका लागि पहल गर्ने जानकारी दिए ।

विकास भनेको सर्पले काचुली फेर्ने जस्तै होइन तर समतामूलक समाज स्थापनाका लागि दलित समुदायको पक्षमा नयाँ निर्णय आउने उनले उल्लेख गरे । । बेथानचोक गाउँपालिकामा दलित समुदायबाट निर्वाचित पूर्णकुमारी नेपालीले दलित समुदायमाथि भएका उत्पीडन अन्यतका लागि वकालत गर्न योजना तर्जुमा तथा बजेट विनियोजनको तयारी भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *