टिकापुर घटनाका अभियुक्त रेशम चौधरीद्धारा आत्मसमर्पण

धनगढी, फागुन १४ । सात जना प्रहरी र एक नाबालक मारिएको चर्चित टिकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत कैलालिमा हाजिर भएर आत्मसमर्पण गर्न हाजिर भएका हुन् । चौधरी विरुद्ध उक्त घटनाको ज्यान मुद्धा कैलाली जिल्ला अदालतमा बिचाराधिन अवस्थामा छ ।

कैलाली जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतअन्तरले विजयी भएका थिए । रेशमले ३४ हजार तीन सय ४१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाहले १३ हजार चार सय छ मत पाएकी थिइन् ।

०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधान सम्पादक रहेका उनी ०५१ सालमा ‘एकठो विरहीन’ नामक कविता संग्रह र भुवर विहान नामक थारु भाषाको गीति क्यासेट बजारमा ल्याए । नेपाली र थारु भाषामा गरी उनले हालसम्म ९३ वटा सांगितिक एल्बम निकालेको बताउँछन् ।

साहित्य र पत्रकारितामा दख्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामामा लामो समय पत्रकारिता गरेको अनुभव छ । उनको लेखन, निर्देशन, तथा अभिनय समेत रहेको थारु चलचित्र कमैया अब्बल मानिन्छ ।

बर्दियाको भुरी गाउँ, गुलरियालगायत तीन ठाउँमा उनको फूलवारी एफएम सञ्चालनमा छ । तर टीकापुर घटनापछि टीकापुरमा रहेको उनको एफएममा आगजनी भएपछि हाल बन्द रहेको छ । आजजनी घटनामा १ करोड ७४ लाख क्षतिपूर्ति पाएपछि उनले सर्वप्रथम टीकापुरस्थित बन्द एफएम रेडियो स्टेशन खोल्ने बताएका थिए । तर बाहिर आउने वातावरण नबनेका कारण सम्भव भएन ।

गायन तथा साँगितिक क्षेत्रमा पनि अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा क श्रेणीको गायक मानिन्छन् । खेलकुदमा अति नै शौखिन उनी काराँतेमा थ्री डन गरेका छन् । भने खेलमै स्थायी जागिरे समेत भए ।

उनी राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, ठाकुरनाथ स्मृति पुरस्कार, दैवी प्रकोप उद्धार पदक, शुभ राज्याभिषेक पदकलगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदकबाट सम्मानित भएका छन् ।

विस२०७२ भदौ ७ गते सात जना प्रहरी र एक जना नाबालक मारिएको घटनामा रेशमलाई मुख्य ओजनाकार भएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *