विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग

लमजुङ, फागुन १४ । राइनास–१० स्थित फालमजुङको बुद्धमिलन माध्यमिक विद्यालयलाई बेलायतमा रहेका
पूर्व विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् ।

एक कार्यक्रमका बीच विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो ।

विद्यालयको शैक्षिक गुणस्तरको लागि बेलायतमा रहेका नेपालीसँग सहयोग संकलन गरिएको संकलन अभियानका संयोजक रुद्रराज गुरुङले बताए ।

संयोजक गुरुङको टोलीले नगरपालिकाका उपप्रमूख धनकुमारी गुरुङको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठ, प्रधानाध्यापक अम्बरबहादुर न्यौपानेलाई सो रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *