काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

काठमाडौं, फागुन १४ । इङ्गलिस प्रिमियर क्लब म्यान्चेस्टर सिटीले काराबाओ कप फुटबलको उपाधि जितेको छ । वेम्बले रंगशालामा गएराति भएको फाइनलमा आर्सनललाई ३-० ले हराउँदै म्यान्चेस्टर सिटीले लिग कप पनि भनिने यो उपाधि जितेको हो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरो, भिन्सेन्ट कम्पनी र डेभिड सिल्भाले एक–एक गोल गरे । जितसँगै प्रशिक्षक पेप ग्वार्डीयोलाले म्यान्चेस्टर सिटीका लागि पहिलो मुख्य उपाधि दिलाएका छन् ।

उता आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरको भने सिजनको पहिलो उपाधि हात पार्ने सपना अधुरै रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *