नेपाल वायुसेवा निगमले चिनियाँ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने

काठमाडौं, फागुन १४ । राष्ट्रिय ध्वाजवाहक वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ ।

चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो ।

चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन् । पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल सुरु भएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । उनले भने, ‘नेवानिले वाई १२ जहाज उडान गर्ने पाइलटको विज्ञापन गरेको छ । तत्कालका लागि चिनियाँ पाइलट नै ल्याउने गरी जहाज निर्माता कम्पनीसँग छलफल थालिएको छ ।’

पाइलट अभावकै कारण नेवानिले वाई १२ सिरिजका जहाज पर्याप्त मात्रमा उडान गर्न सकेको छैन । वाई १२ जहाज उडानका लागि जहाज उपलब्ध गराउने कम्पनीले आफूहरूसँग अंग्रेजी भाषा बोल्ने तीन चिनियाँ पाइलट रहेको जानकारी दिएपछि छलफल सुरु भएका हो ।

पाइलट मासिक तबलमा ल्याउने योजना भए पनि कति तलब र कुन सेवा सुविधा दिने भन्नेमा निर्णय हुन बाँकी रहेको कंसाकारले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *