हिलवर्ड माविको वार्षिकोत्सवमा विविध कार्यक्रम

भरतपुर, फागुन १३ । भरतपुर– १२ मा रहेको हिलवर्ड आवासीय माविले ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व जिल्ला शिक्षा अधिकारी तथा साहित्यकार श्यामजी अतिथि रहेका थिए । कार्यक्रममा भरतपुर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वा, विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रप्रसाद अधिकारी, नवरत्न टोल विकास समितिका अध्यक्ष नारायणप्रसाद उपाध्याय, एपेक्स माविका प्राचार्य प्रेम घिमिरे, अभिभावक भीमसेन सिंखडालगायतले मन्तव्य दिएका थिए ।

विद्यालयका प्राचार्य लेखनाथ खनालले विद्यालयको कार्यप्रगति तथा भावी योजना प्रस्तुत गरेका थिए । विद्यालयका सहप्राचार्य चेतप्रसाद सेढाईंले स्वागत मन्तव्य दिएका थिए । उत्कृष्ट शिक्षकमा श्रीराम पौडेल, उत्कृष्ट विद्यार्थीमा बालकृष्ण शाह सम्मानित भएका सहप्राचार्य सेढाईंले जानकारी दिए ।

विद्यार्थीहरुले नृत्य, गायन, अभियन तथा विविध प्रतिभाहरु देखाएका थिए । आफ्ना बाबुनानीको प्रतिभा हेरेका अभिभावकले कार्यक्रममा विद्यालयले गुणस्तरीय शिक्षाका अलवा विविध सांस्कृतिक कार्यक्रममा पनि उत्तिक्कै ध्यान पुर्याएको बताए ।
वार्षिकोत्सवमा विद्यार्थीहरु विज्ञान तथा गणितको विविध क्रियाकलापहरु देखाएका थिए । स्काउट, तेक्वान्दोलगायतका खेल क्षेत्रका क्रियाकलापहरु पनि विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *