टिपरको ठक्करबाट विद्यार्थीको मृत्यु

धुलिखेल, फागुन १३ । काभे्रपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा टिपरको ठक्करबाट आज १४ वर्षीय विद्यार्थीको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको नालाबाट भक्तपुर जाने भित्री सडकखण्डअन्तर्गत भक्तपुरको नालामा बा ४ ख ६६०३ नंको टिपरले बनेपा आउँदै गरेको बा १५ प ८३६३ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१ का अमीर पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो ।

पाण्डेको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको र बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयका प्रबन्धक प्रताव वैद्याले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *