ट्रयाक्टर दुर्घटनामा २ को मृत्यु

अछाम, फागुन १३ । रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । से १ त ३१४८ नं को ट्रयाक्टर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी रहेका छन् ।

दुर्घटनामा परी सिलाइकटाइको काममा जाँदै गरेका अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *