५५ जनाद्वारा रक्तदान

भरतपुर, फागुन १३ । आरुषी मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिको आयोजना तथा नेपाल स्काउट चितवन र नेपाल स्काउट कल्याणकारी कोष चितवनको सहकार्यमा भरतपुरको गेष्ट हाउस चौरमा खुल्ला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

वरिष्ठ कलाकार तथा नारायणी कला मन्दिरका संस्थापक सदस्यसमेत रहेका ऋद्धिचरण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मनोज कुमार गैरे, जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्त, नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तिर्थराज न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष पुर्णप्रसाद दुवाडी, नेपाल स्काउट चितवनका पूर्व जिल्ला आयुक्त तथा नेपाल स्काउट कल्याणकारी कोष, चितवनका अध्यक्ष भुवानीप्रसाद पौडेल विशिष्ट अतिथिको रहेका थिए ।

स्काउटर शिवप्रसाद बराल, होलिडे क्रियशनकी प्रबन्ध निर्देशक लक्ष्मी पन्त, नदी किनार प्राविकी प्रधानाध्यापक गायत्री शर्मालगायतका व्यक्तिहरु अतिथिको रुपमा रहेका थिए । कार्यक्रम आरुषी मिडियाका अध्यक्ष सन्तोष बस्ताकोटीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई भरतपुरमा रहेको चितवन बेकरीले प्रायोजन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *