राेनाल्डाेले ५० अाैं ह्याट्रिक गर्ने अवसर बेन्जेमालार्इ दिँदा रियलकाे प्रभावशाली जित

स्पेन । क्रिस्टियानाे राेनाल्डाेले अाफ्नाे ५० अाैं ह्याट्रिक पुरा गर्ने अवसर बेन्जेमालार्इ दिएसँगै रियल मड्रिडले प्रभावशाली जित दर्ता गराएकाे छ । स्पेनिस ला लिगा अन्तर्गत अाज भएकाे रियल र अलाभेस विचकाे खेलमा रियल ४–० ले विजयी भएकाे हाे ।

रियलकाे घरेलु मैदान बेर्नाबेउमा भएकाे खेलमा राेनाल्डाेलार्इ करियरकै ५० अाैं ह्याट्रिक गर्ने अवसर थियाे । तर, उनले त्याे अवसरलार्इ टिमवर्कमा प्रयाेग गर्दै बेन्जेमालार्इ पेनाल्टी हान्न दिए । खेलको अन्तिम समयतिर पाएको पेनाल्टीमा राेनाल्डाेले अाफुले नहानि  बेन्जेमालार्इ दिँदा उनि करियरकै ५० अाैं ह्याट्रिकबाट पछि परे । यदि उनले अाजकाे पेनाल्टी हानेकाे भए उनी करियरकै ५० अाैं ह्याट्रिट गर्ने खेलाडि हुने थिए ।  यसका साथै उनकाे ला लिगामा ३ सय अाैं गाेल हुने थियाे ।

तर, फुटबल करियरकाे उत्कृष्ट लयमा रहेका राेनाल्डाेले इतिहास रच्ने अवसरलार्इ पछाडी राख्दै टिम वर्कलार्इ प्राथमिकता दिएर बेन्जेमालार्इ गाेल गर्ने अवसर दिए ।

रियलकाे प्रभावशाली जितमा स्टार खेलाडी राेनाल्डाे, बेन्जीमा सँगै ग्यारेथ बेल पनि चम्किए । रियलको जितमा रोनाल्डोले पहिलाे गाेल खेलकाे पहिलाे हाफकाे ४४ औं मिनेटमा गर्दा उक्त गाेल बेन्जेमाले मिलार्इ दिएका थिए ।

खेलकाे दोस्रो हाफकाे १ मिनेटमै ग्यारेथ बेलले घरेलु टोलीको अग्रता दोब्बर बनाउँदा ६१ औं मिनेटमा पुनः रोनाल्डोले दाेस्राे गाेल गरे । उनकाे याे गाेलसँगै ला लिगामा १४ गाेल पुगेकाे छ ।

अरूबेला एक्लै गाेल गर्ने, टिम वर्क नगर्ने भनेर राेनाल्डाेकाे अालाेचना गर्नेहरू अाजकाे राेनाल्डाेकाे ब्यवहारबाट चकित मात्र भएका छैनन् । धेरैले प्रशंसा गरेका छन् ।

यस जितसँगै रियलको २५ खेलमा ५१ अंक बटुलेकाे छ । ला लिगामा २४ खेलमा ६२ अंकसहित बार्सिलोना अग्रस्थानमा रहेको छ भने ५५ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा रहेको छ । भाेली राती बार्सिलाेना र लिगकाे ८ अाैं स्थानमा रहेकाे गिराेना बिच खेल हुँदैछ । खेल नेपाली समय अनुसार बिहान १ः ३० मा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *