केपि खनाल बिराटनगरमा पनि

फागुन १२, विराटनगर । अाउँदाे फागुन २० गते विराटनगर महानगरपालिकामा बृहत सरसफार्इ तथा जनचेतनामुलक कार्यक्रम हुने भएकाे छ । सामाजिक सेवामा सक्रिय रहेका दारी ग्याङ, Being Nepali, खृष्टिय युवा समाज बिराट्नगर, youth Nepal, Nepalese Teens को संयुक्त आयोजनामा फागुण २० गते बिराटनगरमा बृहत सरसफाइ तथा जनचेतनामुलक कार्यक्रमको हुने भएकाे हाे ।

उक्त कार्यक्रममा नेपाल कै कान्छा समाजसेवी तथा क्लिन काष्ठमण्डपका अभियन्ता केपि खनाल लगायत बिभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने बतार्इएकाे छ। सरसफार्इ तथा जनचेचनामुलक कार्यक्रममा पूर्वाचलका विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउने विभिन्न समुह र युवाहरुलार्इ हौसला दिन सम्मान कार्यक्रम पनि राखिएको कार्यक्रम संयोजक सबिन घिमिरेले बताए ।

अायाेजकले सरसफार्इ कार्यक्रममा सम्पूर्ण विराटनगरबासीलार्इ सहभागिताका लागि अनुराेध गरेकाे छ ।  कार्यक्रम गुद्री चाैकमा हुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *