अपरिचित व्यक्तिले हानेको गोली लागेर एक जना घाइते

सर्लाही, फागुन १२ । परिचय नखुलेका मानिसले हानेको गोली लागेर सर्लाहीको हरिवन नगरपालिका–११, का महावीर तामाङ घाइते हुनुभएको छ ।

१९ वर्षीय महावीरलाई सर्लाहीको बरथहवा नगरपालिका–७, मा गएराति परिचय नखुलेका  मानिसले गोली हानेको प्रहरीले जनाएको छ । ना १ क ६६३५ नम्बरको ट्रिफरको सहचालक महावीरलाई, धामीकोमा झारफुक गरेर फर्कंदै गर्दा गोली लागेको हो ।

पिठ्यूमा गोली लागेका उहाँको वीरगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *