यसकारण हुन्छ डिप्रेसन, लक्षणहरु यस्ता छन्

काठमाडौं, फागुन १२ । पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या तीव्र रूपमा बढ्दो छ । यसका मुख्य कारण व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैली आदि हुन् । यो मानसिक समस्या हो । तर, यसको समयमै निदान गरी उपचारमा ध्यान दिएमा पूर्ण रूपमा निको हुन्छ । डिप्रेसनबारे एक सामग्री :

कारण
यो आनुवंशिक रोग हो । त्यसैले वंशजका आधारमा पनि यस्तो समस्या देखिन सक्छ ।
आफू बसिरहेको वातावरण सोचेअनुरूप नहुँदा र मानिस सोचका कारण पनि यस्तो हुन्छ ।
अव्यवस्थित जीवनशैलीका कारण पनि मानिस डिप्रेसनमा फस्न पुग्छ । त्यस्तै अधिक तनाव, दीर्घरोग पनि डिप्रेसनको कारण बन्न सक्छन् ।
बेरोजगारी, असफलता, परिवारमा तनाव, प्रेम र प्रतिशोधका कारण पनि मानिसमा डिप्रेसन हुन्छ ।

रेकथाम 
चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोगबाट डिप्रेसनको उपचार गरिन्छ । विभिन्न अध्ययनले औषधि सेवनपछि डिप्रेसनग्रसित मानिसले
आत्महत्या गर्ने देखिएकाले यसबारे परिवार सचेत हुनुपर्छ ।
डिप्रेसन भएका मानिसका लागि परामर्श अत्यन्त आवश्यक भएकाले मनोविद्को सल्लाह पनि लिन सकिन्छ । उनीहरूको मनको कुरा बुझेर सोहीअनुसारको व्यवहार गर्न जरुरी हुन्छ । उनीहरूलाई जीवनप्रति आशा जगाइदिनुपर्छ ।
डिप्रेसन पूर्ण रूपमा निको हुने रोग हो । तर, यसका लागि परिवार र साथीहरूको पनि ठूलो भूमिका रहन्छ ।
यसबाट बच्न मानिस पहिला त सचेत हुन आवश्यक छ । सामाजिक क्रियाकलापमा सहभागी हुँदै सकारात्मक सोच विकास गर्नुपर्छ ।
डिप्रेसनको समस्याबाट ग्रसितलाई घर परिवारले सहयोग गर्नुपर्छ र व्यक्तिअनुकूलको वातावरण निर्माण गरिदिनुपर्छ ।
विभिन्न सीपमूलक काममा लगाउँदा पनि मानिसमा डिप्रेसन हटेर जान सक्छ ।
जीवनमा कुनै लक्ष्य राख्ने र त्यसका निम्ति काम गरेमा पनि यो समस्यामा कमी आउनेछ ।
साथीसंगी, आफन्तजनलगायत सँगै रहिररहने र कुरा गर्ने बानीको विकास गर्नुपर्छ । यस्तो समस्या भएमा कहिल्यै पनि एक्लै बस्नु हुँदैन ।

लक्षण
शक्तिहीन महसुस गर्ने ।
खान मन नलाग्ने ।
कि बढी सुत्नु कि त निद्रै नपर्नु ।
जतिवेला पनि मनमा छटपटी हुनु र मुटुको चाल बढ्नु ।
अत्यन्त भयको अनुभूति गर्नु, कुनै काममा पनि ध्यान नदिनु, आफूबारे नकारात्मक मात्र सोच्नु, आत्मग्लानि गर्नु, कुनै कुरामा पनि आशा नलाग्नु ।
आत्महत्याबारे सोचिरहनु ।
कम बोल्नु, कोहीचाहिँ आवश्यकभन्दा बढी बोल्नु ।
नियमित रूपमा शरीर, टाउको दुख्नु । पेटमा समस्या आइरहनु तर जाँच गर्दा सामान्य देखिनु ।
पुरुषभन्दा महिलामा यो समस्या बढी देखिन्छ । युवावर्गमा डिप्रेसनको प्रभाव बढी पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *