‘संघर्ष जीवन हो, संघर्षबाट कहिल्यै नभागौं’

काठमाडौं, फागुन ११ । ‘आजभोलिका युवाहरु सोसियल मिडिया र भर्चुअल वल्र्डमा हराएका छन् । जव उनीहरु वास्तविक जीवनमा आउँछन्, सानो ठक्करले पनि हतोत्साहित हुन्छन्।’

शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘स्ट्रगल’ नामक कार्यक्रम सञ्चालन गरेका मोटिभेसनल स्पिकर रोहित मल्लले खचाखच भरिएको दर्शक दिर्घातिर हेरेर निराशामा बाँचेका युवाहरुलाई आशावादी बनाउन घच्घच्याए ।

अहिलेको समाज र युवाहरुको वास्तविक अवस्था बताउँदै मल्लले भने ‘हाम्रो जीवनमा आमाको पेटबाट बाहिर आउने बित्तिकै संघर्ष शुरु हुन्छ । त्यो न्यानो काखमा बसेर ‘च्याँहा, च्याँहा’ गरेर रोएको पनि संघर्ष हो । जीवनका हरेक मोडहरुमा संघर्ष नभएको ठाउँ नै छैन । उठ्दा, बस्दा, खाँदा, सुत्दा, काम गर्दा रहेक स्थानमा संघर्ष हुन्छ । त्यसकारण जहिल्यै संघर्षशील हुनुपर्छ र आशावादी हुनुपर्छ ।’

निराशावादीलाई आशावादी बनाउने मात्र होइन, अहिले मान्छेहरु जुन अवस्थामा रहेका छन् त्यो स्थानबाट अझ माथि अर्थात् सफलतामा पुर्याउन प्रेरित गर्ने माध्यमका रुपमा उनले आफ्नो कार्यक्रमलाई अथ्र्याएका थिए ।

‘मान्छेको चारवटा भावना हुन्छ । रिस, हाँसो, सुख, दुःख । यी चार कुरासँग खेलेर, उनीहरुलाई छरपस्ट पारिदिनुभयो भने मान्छेले आफ्नो असली रुप देख्छ । मैले गर्ने पनि त्यही हो । युवाहरुसँग म धेरै अन्तरक्रिया गर्छु ।’ मल्लले भने ‘उनीहरुको मनोविज्ञानलाई अध्ययन गरेर, नकारात्मक सोच र विचारलाई सकारात्मक तवरले मोटिभेसन गर्ने गर्छु । मैले मोटिभेसन गरेका युवाहरु फर्किदा उनीहरुमा जोस जाँगर, आत्मविस्वास बढेको पाएको छु ।’

कार्यक्रममा विश्वका धेरै सफलता पाएका, संघर्ष गरेका ब्यक्तिहरुको कुरा प्रस्तुत गरिएको थियो । जसले युवाहरुमा सकारात्मक सोचको विकास गर्न ठूलो भूमिका निर्वाह गर्ने आयोजकले जनाए ।

कार्यक्रममा वान लेग डान्सर रोमा न्यौपाने, मोटिभेसनल स्पीकर सौरभ लोहनी, फाइनान्सियल फ्रस्टेसन सम्बन्धिको विज्ञ अमृत गिरी, आफुसँगै श्रीमती समेत क्यान्सरसँग संघर्ष गर्दै गरेका दिलीप भट्राई लगायतले युवाहरुलाई प्रेरणा दिंदै संघर्षमा नआत्तिन र अगाडि बढ्न हौसला प्रदान गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *