आज देखि संरचना भत्काउन सुरु गरिने, अत्तरिया

अत्तरीया, फागुन ११ । मोहनापुल, अत्तरियामा ६ लेन सडक निर्माणको बाटो खुलेसँगै आज देखि संरचना भत्काउन सुरु गरिने भएको छ ।

निर्माण कार्य रोक्न भन्दै यसअघि दिइएको अन्तरिम आदेश खारेज मात्रै भएको तर, मुद्दा नै खारेज नभएका कारण भत्काएका संरचनाको लागत भने सङ्कलन गरिने भएको छ ।

बिहीबार दिनभर संरचना भत्काउन माईकिङ गर्दै सूचना जारी पनि गरिएको थियो । आजदेखि अटेर गरेका घरधनीका संरचना भत्काउन सुरु गरिएको ६ लेन सडक आयोजनाका प्रमुख मनिषकुमार शाहले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *