सरकारले भिखारीलाई तालिम दिँदै

सरकारले कर्मचारीहरूलाई तालिम दिनु, सर्वसाधारण जनता र कृषकलाई पनि तालिम दिनु राम्रै हो । तर  सरकारले भिखारीलाई तालिम दिँदै छ ।

मगन्तेहरुको बढ्दो सङ्ख्याका कारण चिन्तित बनेको सरकारले भिख माग्ने काममा लागेका मानिसहरूलाई आयआर्जनको सम्मानित बाटो सिकाउनका लागि भारतमा सरकारले भिखारीहरूलाई तालिम दिने भएको हो ।भिखारीहरूलाई सीप विकासको तालिम दिइनेछ ता कि उनीहरूले आ-आफ्नो पेसा तथा रोजगारी गरेर ज्यान पाल्न सकुन् ।

अहिले भारतमा भिखारीहरूको सङ्ख्या ४ लाखभन्दा धेरै छ जसमा २ लाख २० हजार पुरुष र बाँकी महिला छन् । यो सङ्ख्या तिव्रगतिमा बढिरहेको छ ।

यसलाई नियन्त्रण गर्नका लागि सामाजिक न्याय एवं आधिकारिता मन्त्रालयले यस्तो कदम उठाएको हो, भिखारीहरूलाई सीप सिकाउने तालिम दिने ।यस योजना अन्तरगत भिखारीहरूलाई साइकल बनाउने देखि लिएर लुगा सिलाउने, खानेकुरा पकाउने, फूलमाला गाँस्ने लगायतका तालिम दिइनेछ । प्राविधिक शिक्षा सिक्न चाहनेका लागि समेत अवसर उपलब्ध गराइनेछ ।

भिख मागेर भन्दा सीपमूलक काम गरेर इज्जतसाथ बढी कमाई गर्न सकिन्छ भन्ने देखाएरु मानिसहरूलाई स्वनिर्भर बनाउने योजना सरकारको छ । यसले भिखारीहरूको बढ्दो चाँप पनि घटाउनेछ भन्ने उल्लेख छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *