एमाले स्थायी समितिको बैठक बस्दै, मन्त्रालयको संख्या र मन्त्रकिो नाम टुङ्गो लगाउने

काठमाडौं, फागुन ११ । नेकपा एमालेले मन्त्रालयको संख्या र मन्त्रकिो नाम आज टुङ्गो लगाउने बताएको छ । सरकार विस्तारको निर्णय गर्न एमाले स्थायी समितीको बैठक बस्दैछ । हिजो बस्ने तय गरिएको बैठक आज बिहानका लागि सारिएको हो ।

बैठक अहिलेकेहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाइएको एमाले बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । अध्यक्ष ओलीले मन्त्रीको नाम प्रस्ताव गरेपछि त्यसमा सहमति गरेर टुङ्गो लगाइनेछ ।

बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको मापदण्ड, पार्टी एकताको अनुमोदन लगायत समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल हुने एमालेले जनाएको छ । मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि नयाँ सरकार गठन भएको एक साता बितिसक्दा समेत मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन् ।

एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री कार्यालयसहित केन्द्रमा १७ मन्त्रालय राख्ने सहमति भएको छ । एमालेले प्रधानमन्त्रीसहित १० र माओवादीले ७ मन्त्रालय पाउनेभएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *