यसरी मिल्यो मन्त्रालय भागबण्डा !

काठमाडौं, फागुन १० । सत्तासाझेदार दल एमाले र माओवादीले मन्त्रालयको भागवण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् ।

एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ ।

माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ । माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो । तर, दुबै मन्त्रालय एमाले आफैंले राखेको छ । एमाले नेताहरुले भने यो बाँडफाँट प्रस्तावित भएकाले केही संशोधन हुन सक्ने संकेत गरेका छन् ।

कार्यदलको संयुक्त बैठक बस्नु पूर्व दुई अध्यक्षबीच छलफल भएको थियो ।

एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या

माओवादीको भागमा परेका मन्त्रालयहरु 
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *