सानिमाद्धारा पारस र सन्दिप सम्मानित

काठमाडौं, फागुन १० । विश्वकप छनौटमा स्थान पक्का गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रिय टिमका कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई सानिमा बैंकले सम्मान गरेको छ ।

सानिमा बैंकले २०७३ श्रावण देखि श्री सन्दिप लामिछानेलाई प्रायोजन (खेल छात्रवृत्ति प्रदान)गर्दै आएको छ ।

विहिबार एक समारोह बिच बरिष्ठ कलाकार एवं सानिमा बैंकका ब्राण्ड प्रर्वद्घक मदन कृष्ण श्रेष्ठ र हरिवशं आचार्य (मह जोडि)ले पारस र सन्दिप दुबै जनालाई बैंकको तर्फबाट सम्मान सहित मोमेन्टो (Memento) प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै मह जोडिले नेपालको उन्नतिमा हर्ष महसुस गर्दै बिश्व सामु परिचित गराएकोमा धन्यबाद दिंदै खेलाडीहरुलाई आगामी खेलका लागी शुभकामना दिए ।

कार्यक्रममा बोल्दै सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाइ ज्ञापन गर्दै, सन्दिपलाई बैंकले प्रदान गर्दै आएको रकमलाई सत प्रतिसत बृद्वि गरी थप २ बर्षको लागी प्रायोजन गर्ने बताए ।

सम्मानित खेलाडीद्धय पारस र सन्दिपले बैंकले गरेको सहयोग र दिएको सम्मानले थप जिम्मेवारीबोध भएको बताएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *