धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता शुरु

धनगढी, फागुन १० । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखी धनगढीमा सुरु भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र कैलाली जिल्ला खेलकुद विकास समितीको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगीताको राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्धघाटन गरे । उद्घाटन गर्दै सदस्य सचिव फाप्ला क्रिकेट मैदानमा प्याराफीट निर्माणका लागी बजेट विनीयोजन गर्ने बताए ।

प्रतियोगिताको पहिलो दिन भएका खेलमा घरेलु टोली सुदुरपश्चिम र विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन् । आज भएको उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिामचल विकास क्षेत्रलाई ५ विकेटले पाखा लगाएको हो भने एपीएफले मध्यपश्चिमलाई १० विकेटले पराजीत गरेको हो ।


धनगढीको फाप्ला त्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा ७३ रन बनायो । पश्चिमाञ्चलका लागी बर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमकी लक्ष्मी साउदले ३ र कविता जोशीले २ विकेट लिईन् ।

७४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिमले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेटायो । सुदुरपश्चिमका लागि विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन् । पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच सुदुरपश्चिमकी लक्ष्मी साउँद भईन् ।

आजै भएको दोश्रो खेलमा टस जितेर व्याटिङ गरेको मध्यपश्चिमले १८ दशमलव ४ ओरभा सबै विकेट गुमाउदै ३६ रन मात्रै बनाउन सक्यो । मध्यपश्चिमले १० रन अतिरिक्त पाएको थियो ।

प्रतियोगिता अन्तर्गत भोली मध्यामञ्चल र पश्चिमाञ्चल तथा दोश्रो खेल एपीएफ र पुर्वाञ्चल विच हुने प्रतियोगीताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ५ विकास क्षेत्र र एक विभागीय गरी ६ टीमले सहभागीता जनाएका छन । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले नगद २ लाख पाउनेछन । प्रतियोगिताको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *