सामाजिक रुपान्तरणमा ‘स्ट्रगल’ मोटिभेसनको भूमिका

सुख–दुःख एक अर्काका परिपुरक हुन् । दुःख होस् वा सुख सबैले संघर्ष गर्नुपर्छ अथवा यो संसारमा भएका सबै प्राणीले जीवन जिउन संघर्ष गर्नुपर्छ र त्यो संघर्षलाई कसरी ग्रहण गर्ने मुख्य पाटो हो ।

आजकालका युवा पुस्ताहरु सानातिना दुःख र घटनामा पनि हतोत्साहित हुने गर्छन् । अझ भन्दा अहिलेका युवाहरुमा दुःख र संघर्षसँग जुध्नसक्ने क्षमता नै छैन । यही दुःख र संघर्षलाई सानै उमेरेदेखि देख्दै, भोग्दै सफलता प्राप्त गर्न अग्रसर मोटिभेसन स्पीकर रोहित मल्ल अहिले युवाहरु माझ लोकप्रिय छन् । प्रेसिडेन्सिल विजनेश कलेजमा वि.वि.ए.मा अध्ययनरत रोहीत नेपाल यूथ क्लस्टरको एक्जुकेटीभ डाईरेक्टर, लिडरसीप कर्नरको मेम्बरसीप एशोसिएट, ओरेटर हाउसको एक्जुकेटीभ डाईरेक्टर, र इम्प्याक्ट टक्सको म्यानेजर भएर अहिले काम गरिरहेका छन् ।

यीनै मल्लले यही शुक्रबार (२२ फेब्रुअरी) का दिन जमल स्थित राष्ट्रिय नाचघरमा स्ट्रगल नामक मोटिभेसनल सेमिनारको आयोजना गर्दैछन् । सोही कार्यक्रमका बारेमा मोटीभेसनल स्पीकर रोहित मल्लसँग गरिएको छोटो कुराकानीः

 

स्ट्रगल मोटिभेसनल सेमिनार आयोजना गर्नुको मुख्य उद्देश्य के होला ?

आजभोलिका युवाहरु सोसियल मिडिया र भर्चुअल वल्र्डमा धेरै हराएका छन् । उनीहरुलाई फेसबुकको दुनियाँ र टिभीमा हेरेजस्तो कोरिया, अमेरिका, अष्ट्रेलियानै राम्रो भन्ने भ्रम परेको छ । तर,वास्तविकता यस्तो छैन । जब ती युवाहरु वास्तविक जीवनमा आउँछन्, सानो ठक्करले हतोत्साहित हुन्छन्। यस्ता विद्यार्थी र युवाहरुलाई सकारात्मक उर्जा दिनका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

तपाईँको जीवनका भोगाइहरुबाट तपाई ‘स्ट्रगल’, अर्थात् संघर्षलाई कसरी परिभाषित गर्नुहुन्छ ?

संघर्ष जीवनमा आइपर्ने एउटा मोड हो । यसमा सुख–दुःख, हाँसो–रोदन पीडा सबै हुन्छ । हाम्रो जीवनमा आमाको पेटबाट बाहिर आउने बित्तिकै संघर्ष शुरु हुन्छ । त्यो न्यानो काखमा बसेर ‘च्याँहा, च्याँहा’ गरेर रोएको पनि संघर्ष हो । जीवनका हरेक मोडहरुमा संघर्ष नभएको ठाउँ नै छैन । उठ्दा, बस्दा, खाँदा, सुत्दा, काम गर्दा रहेक स्थानमा संघर्ष हुन्छ । हाम्रा हरेक गतिविधिमा संघर्ष भएकोले यो सामान्य कुरा हो ।

स्ट्रगल मोटिभेसनल सेमिनारको उद्देश्य निराश भएर हिँडेका युवाहरुलाई आशावादी बनाउने हो ?

निराशावादीलाई आशावादी बनाउने मात्र होइन, अहिले मान्छेहरु जुन अवस्थामा रहेका छन् त्यो स्थानबाट अझ माथि अर्थात् सफलतामा पु¥याउन प्रेरित गर्ने माध्यम हो ।

स्ट्रगल मोटिभेसनल सेमिनारको सोच कहाँबाट आयो ?

मैले मेरो जीवनका धेरै भोगाइबाट पनि स्ट्रगल भनेको सबैले गर्नुपर्छ भनेर बुझेको छु । आम मान्छेका दैनिक जीवनबाट देखेको छु । सडकमा हिँडिरहेका बालकले विहान बेलुका भोको पेट भर्न गरेको संघर्ष, भरिया दाइले भारी बोक्दा गरेको संघर्ष, एउटा सामान्य रोटीको टुक्राका लागि कुकुरहरुले एकापसमा गरेको भगडा वा संघर्ष, सानदार जीवन ब्यतित गरिरहेका धनाढ्यहरुले पनि अगाडी बढ्न गरेका संघर्षले मलाई अहिलेका युवाहरुमा पनि यस्तै संघर्षका सकारात्मक कुरा गरेर उर्जा भर्न सक्नु भन्ने लाग्यो ।

कतिपय अवस्थामा मान्छेहरु असफल भएपछि अगाडी बढ्न सक्दैनन् । यो समस्या अहिलेका युवाहरुमा बढी छ । सानातिना दुःख र संघर्षमा आत्तिने गर्छन् । यस्तै अवस्थामा उनीहरुलाई केही न केही काउन्सेलिङ चाहिन्छभनेर म अगाडि बढेको हुँ ।

अहिलेसम्म कति युवाहरुलाई सकारात्मक बाटोमा हिँडाउन सक्नुभयो ?

गन्ती नै गरेर यति युवाहरुलाई सकारात्मक बाटोमा हिँड्न सिकाए भन्न सकिन्न । जतिपनि मेरो सम्पर्क र कार्यक्रममा आए सबैले केही न केही फाइदा पुगेको बताएका छन् । कतिपय युवाहरुको जीवन नै परिवर्तन पनि भएको छ । अहिलेसम्म सात ओटा कार्यक्रम गरिसकेँ ।

स्ट्रगल मोटिभेसनल सेमिनार तपार्इ एक्लैको हो किअरु टीम पनि छ ?

स्ट्रगल, लिडरसीप कर्नरबाट भइरहेको छ । म एक्लैले सबै गर्न सक्ने कुरा पनि हैन हामीसँग टिम छ । मेरो पछाडी समिक्षा ढकाल र संयोग श्रेष्ठ साथीहरु हुनुहुन्छ । उहाँहरुले ज्यादै मेहनत गर्नुभएको छ । समिक्षा यो कार्यक्रमको संयोजक र संयोग श्रेष्ठ कार्यक्रमको म्यानेजर हुनुहुन्छ ।

थुप्रै युवा र विद्यार्थीहरुलाई काउन्सेलिङ गरेँ भन्नुभयो, तपाईँसँग आउँदा उनीहरुको अवस्था कस्तो थियो र फर्कंदा कस्तो हुन्थ्यो ?

म कहाँ आएका युवाहरु र विद्यार्थीलाई हेर्दा उनीहरुमा सामान्य घटनामा पनि डराउने, होत्साहित हुने, भाग्ने समस्या थियो । कुनैपनि विषयमा धैर्यता थिएन। मान्छेको चारवटा भावना हुन्छ। रिस, हाँसो, सुख, दुःख । यी चार कुरासँग खेलेर, उनीहरुलाई छरपस्ट पारिदिनुभयो भने मान्छेले आफ्नो असली रुप देख्छ । मैले गर्ने पनि त्यही हो । युवाहरुसँग म धेरै अन्तरक्रिया गर्छु । उनीहरुको मनोविज्ञानलाई अध्ययन गरेर, नकारात्मक सोच र विचारलाई सकारात्मक तवरले मोटिभेसन गर्ने गर्छु । मैले मोटिभेसन गरेका युवाहरु फर्किदा उनीहरुमा जोस जाँगर, आत्मविस्वास बढेको पाएको छु ।

अहिलेका युवाहरुमा फ्रस्टेसन हुने, संघर्षबाट टाढा भाग्ने, डराउने कारण के–के हुन सक्छन् ?

समस्या पर्दा जुध्नुपर्ने आफैँले हो । स्कुलमा केही समस्या पर्याे, विद्यार्थी आफैँ भन्दैनन् बुवा ममी लिएर आउँछन् । फलानोले यस्तो गर्याे, उस्तो गर्यो भन्छन् । सामान्य कुरा पनि अभिभावकले गरिदिँदा उनीहरुमा ‘सेल्फ डिफेन्स’ हराउँदै गएको अवस्था छ । बालबालिका र विद्यार्थीलाई नै आफैँ काम गर्न दिनुपर्छ । समस्या बुझ्न दिनुपर्छ र समाधान खोज्न पनि सिकाउनुपर्छ ।

आजकाल यो काठमाडौँमा आँगन पनि छैन घर छेउमा । हाम्रो पालामा आँगन हुन्थ्यो, पिढिँमा, आँगनमा कुदेर, हिँडेर, गाउँघर डुलेर पनि धेरै कुरा सिकिन्थ्यो । अहिले हाम्रो समुदायमा एउटै घरमा बस्नेले एकले अर्कोलाई चिन्ने अवस्था छैन । भन्नुको अर्थ हाम्रा बालबालिकाहरु दिन प्रतिदिन एक्लो भइदिँदा उनीहरुमा समस्यासँग जुध्न सक्ने क्षमता कम हुँदै गएको हो ।

तपार्इँले भन्न खोज्नु भएको हाम्रो अहिलेका युवाहरु भर्चुवल दुनियाँमै हराएर एक्लो भएका हुन् भन्ने हो ?

राष्ट्रिय सभा गृहमा एनसेलले प्रतिक्षालय बनाइदिएको छ, त्यहाँ जानु भयो भने हरेक दिन सबै मानिसहरु मोबाइल चलाएर बसिरहेका हुन्छन । सधैँ अफिस जाने मान्छेहरु सँगै हुन्छन्। कानमा एयरफोन लगाएर फेसबुक चलाउँदै बस्छन् तर, एक अर्कासँग बोल्नेवाला छैनन् ।
फेसबुकमा नयाँ मान्छे बनाएर रिक्वेष्ट पठाएर बोल्छन्, दुई दिनमा रिलेसन पनि बनाउँछन् । तर, छेउकै मान्छेसँग बोल्दैनन् । हामीलाई भर्चुवल साइडहरुले आफ्नाबाटै टाढा बनाउँदै लगेकै हो ।

अब यसको सही निर्देशन के हो त ?

यसको लागि हामीले आफ्ना बालबालिका र युवाहरुलाई सामाजिक साइटबाट थोरै टाढा बनाएर रियालीटिमा ल्याउन आवश्यक छ । घरमा फेसवुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको कम प्रयोग गर्न उत्साहित गर्ने, खाना खाँदा, फुर्सदमा बस्दा परिवारसँग घुलमिल हुन सिकाउने, समय–समयमा परिवार, आफन्तजनसँग घुमफिर गर्ने, बालबालिकाको सोच र विचार अनुसार उनीहरुको दैनिक कृयाकलापमा चासो राख्ने गर्नुपर्छ । सामाजिक हुन सिकाएको खण्डमा बालबालिका युवाहरु संघर्ष गर्न सक्षम हुन्छन् ।

युवाहरु फ्रस्टेसन हुनुको कारण विशेष गरेर सेक्सुअल कुराहरुलाई बढावा दिने मनोविज्ञान पनि हो ?

सेक्सुअल कुरा त एकदमै हो । हाम्रोजस्तो देशमा सेक्सलाई दबाएर राखिएको छ । आधा जिन्दगी बिहे र श्रीमती सोच्दै जान्छ । अश्विनी कोइरालाले भन्नुभएको छ‘बिहे सामाजिक संस्कार हो, सेक्स बायोलोजिकल निड हो, लब स्ट्रेन्थ कुरा हो । सबै कुरा जोड्न खोज्दा मिल्दैन अनि घरबार टुट्छ, मान्छे फ्रस्टेट हुन्छ । आजकालको युवाहरुमा बढि यही कारण देखिएको छ ।

समाजलाई रुपान्तरण गर्न यो कार्यक्रमले कस्तो भूमिका खेल्छ त ?

अहिलेका युथहरुलाई मैले देखेका कुराहरु, भोगेका कुराहरु, मैले अध्ययन गरेर, रिसर्च गरेका विषयहरू कार्यक्रममा प्रस्तुत हुनेछ । म वाहेक अन्य राम्रा स्पीकर पनि हुनुहुन्छ । विश्वका धेरै सफलता पाएका, संघर्ष गरेका ब्यक्तिहरुको कुरा प्रस्तुत हुन्छ । यसले युवाहरुमा सकारात्मक सोचको विकास गर्न ठूलो भूमिका निर्वाह गर्नेमा विस्वस्त छु ।

कार्यक्रममा रोमा न्यौपाने, जो नेपालको वान लेग डान्सर हुनुहुन्छ उहाँले आफ्नो प्रस्तुति दिनुहुन्छ । सौरभ लोहनी उहाँपनि मोटिभेसनल स्पीकर, अमृत गिरी फाइनान्सियल फ्रस्टेसन सम्बन्धिको विज्ञ हुनुहुन्छ । दिलीप भट्राई, जो आफुसँगै श्रीमती समेत क्यान्सरसँग संघर्ष गर्दै हुनहुन्छ, उहाँहरुको प्रेरणा आम युवाले लिन सक्नेछन् । यस कारण यो कार्यक्रमले युवाहरुलाई संघर्षमा नआत्तिन र अगाडि बढ्न हौसला प्रदान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *