श्रीमतीले लिंग काटिदिएपछि ठुटो यौनांग सहित अस्पताल भर्ना

“आफ्नो श्रीमानले अरु कुनै महिलासँग यौन सम्बन्ध गाँसेको कुनचाहिँ महिलालाई सैह्य होला ? एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेर ट्वाइलेटमा बगाइदिएकी छन् ।

छिमेकी देश भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुष यस्ता अभागी सावित भए, जसको लिंग उनकै पत्नीले छिनाइन् ।

उनी अहिले ठुटो यौनांग सहित गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचाररत छन् ।

लोग्नेको लिंग छिनाल्ने उनकी पत्नीको नाम सुखवन्त कौर हो । पति आजाद सिंहले अरु नै महिलासँग यौन सम्बन्ध राखेको शंका उनलाई लाग्यो । त्यसपछि उनी रिसले चूर भइन् र यस्तो अनर्थ कदम उठाइन् ।

लोग्ने सुतेको बेला उनले फलामको रडले हिर्काएर बेहोस् बनाइन् अनि चक्कुले लिंग छिनालिदिइन् । छिनालेको लिंगको टुक्रा उनले ट्वाइलेटमा लगेर बगाइदिइन् ।

आफ्नै पत्नीले लिंग काटिदिएर गम्भीर अवस्थामा पुगेका सिंहलाई उद्धार गरी अस्पताल पुराइयो । तर अत्यधिक रगत बगेका कारण उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

सिंहका पिताको उजुरीका आधारमा उनकी पत्नीमाथि मुद्दा दर्ता गरिएको छ । एजेन्सी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *