प्रदेशको शान्ति सुरक्षाको लागि विशेष योजना ल्याउछु : मन्त्री चुमान

पोखरा, फागुन १० । प्रदेश नं ४ का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले जनताले शान्ति सुरक्षा र कानुनी शासनको अनुभुति गर्ने गरि विशेष सुरक्षा योजना र्निमाणमा लागीरहेको बताएका छन् ।

गृहजिल्ला तनहुँको ब्यास नगरपालिका १२ छिरकन स्थित अमरज्योति माध्यामिक बिद्यालयको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दे उनले मुलुक संघियतामा गएकोले जनताको अपेक्षा अनुसारको व्यबस्था र्निमाण तर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताए ।

पहिलो पटक प्रदेश सरकार र स्थानीय सरकारको अभ्यासमा रहेकाले केही कानुन र नीति र्निमाणका लागि समय खर्चनु पर्ने उनले बताए । उनले केन्द्रीकृत सासन प्रणालीबाट संघीयताको मोडलमा जाँदा स्वभाबिक रुपमा केही अन्यौलता जस्तो देखिएको बताउदै बिस्तारै परिणाम मुखी बन्ने विश्वास व्यक्त गरे ।

‘अहिलेको न्याय सम्पादन प्रणालीमा पनि सुधार आवस्यक छ ’उनले भने ‘न्यायमा सर्बसाधारणको सहज पहुँच र दण्डहिनताको अन्त्यका लागि मन्त्रालय प्रतिबद्ध छ ।’

गतहप्ता बसेको प्रदेश मन्त्रिपरिषदको बैठकबाट प्रदेशमा आवस्यक पर्ने कानुन निर्माण गर्न आफ्नो नेतृत्वमा मयौदा समिति बनेको बताउँदै मन्त्री चुमानले समिति द्रुतरुपमा तोकिएको जिम्मेवारी पुरा गर्न लागिपरेको बताए ।

सो अबसरमा उनले बिद्यालयको नवनिर्मित १२ कोठे भवनको समेत उद्घाटन गरेका थिए । शिक्षा मन्त्रालय र स्थानीयकोे जनश्रमदानबाट करिब ७० करोडको लागतमा उक्त भबन र्निमाण भएको बिद्यालयका प्रधानध्यापक अम्वीका पाण्डेले जानकारी दिईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *